नेकपा एसका कोशी प्रदेश अध्यक्षविरुद्ध भ्रष्‍टाचार मुद्दा दायर

काठमाडौं, १० असोज । माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले चौधरीसहित तत्कालीन निमित प्रमुख प्रशाकीय अधिकृत किरणकुमार कार्की, नायव सुब्बा गुरु ढकाल र ठेकेदार राजेश बछारविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाइएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय