
अभिनेत्री रेखा थापा आमा बन्दै !
काठमाडौ,१०असोज। नेपाली फिल्म उद्योगकि हिम्मतवाली नायिका रेखा थापालाई यो बर्ष जीवन कै दुई मुल्यवान ‘उपहार’ एकैपटक प्राप्त हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृ समेत रहेकी रेखाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको तस्वीर राख्दै लेखेकी छिन्-‘भविष्य पनि गजबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’


रेखाले भविष्यको कुरा गर्दा धेरैले उनको पोष्टमा सोधेका पनि छन् । कतिपयले चलचित्रको मात्रै कुरा गरेका छन् भने कतिपय उनका समर्थकले चलचित्र र सन्तान दुबैको लागि अग्रिम बधाई दिएका छन् ।

दुई बर्ष अघि प्रेमी जाजरकोटका बलराम शाही ठकुरीसँग बैबाहिक जीवनमा बाँधिएकी रेखा आमा बन्ने तयारीमा रहेको खबरले उनका फ्यान समेत खुशी छन् ।उनलाई नजिकैबाट चिनेका साथीहरू र आफन्तले रेखाको पेटमा ५ महिनाका सन्तान हुर्किदै भनेर पनि कमेन्ट गरेका छन् ।
रेखा स्वयंले श्रीमान्सँगको तस्वीर शेयर गर्दै सन्तान आवागमनको प्रतीक्षा गर्दै खुशी साटेपछी यो कुरा सत्य सावित भएको छ।
रेखाले फिल्म ‘उपहार’को छायांकन पनि गरिरहेकी छिन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरुको छायांकन पहिले गरिरहेका छन् । यसैले, रेखा फिल्मको छायांकन सुरु भएपछि एक दिन पनि खाली नबसी निरन्तर काम गरिरहेकी छिन् । फिल्मको छायांकन सकेपछि रेखाले पूर्ण रुपमा आराम गर्नेछिन् ।
केही दिन अगाडि चलचित्र विकास बोर्डले संविधान दिवसको उपलक्ष्यमा आयोजना गरेको सम्मान कार्यक्रममा पनि रेखा पुगेकी थिइनन् । रेखाले बढ्दै गरेको पेट मिडियाबाट लुकाउन खोजेको वुझिएको छ ।
Comments

