पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरिँदै

पोखरा, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा आज विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइदै छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टक र पर्यटन बस पार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने छन् ।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ सेक्टेम्बर २७ अर्थात असोज १० गते आजको दिन विभिन्न कार्यक्रम गरि पर्यटन दिवस मनाउन लागिएको हो ।

पोखरा आउने पर्यटकहरुलाई पञ्चे बाजा, फुलमाला सहित स्वागत गर्ने र साझँ पोखराको लेकसाइडमा मिनि सडक महोत्सव कार्यक्रम, एक दिनको हाइकिङ कार्यक्रमको आयोजना समेत गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

पोखराको बाराहीघाटदेखि हल्लनचोकसम्मको २ किलोमिटरको बाटोमा रेष्टुराहरु सडकमा राख्ने, विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने उनले बताए । सडकमै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनोरञ्जन दिने छन् ।

कार्यक्रममा भाग लिनका लागि भारतिय टुर अपरेटर र भारतिय मिडियाकर्मिले पोखराको पर्यटन र पर्यटकीय स्थलका बारेमा छलफल गर्ने उनले बताए ।

नेपाल आउने पर्यटकमध्ये ४० देखि ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपूर्ण पद यात्राका लागि आउने गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय