चलचित्र ‘नाङ्गो गाउँ’ हेरेपछि आँसु लुकाउन सकिन: डा. भट्टराई

काठमाडौं, ९ असोज । पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली चलचित्र नाङ्गो गाउँ हेरेपछि आफुले आँसु लुकाउन मुस्किल परेको बताएका छन् ।

मंगलवार दीपेन्द्र लामा लिखित/निर्देशित नयाॅ चलचित्र “नांगो गाउॅ” हेर्न पत्नी हिसिला यमी सहित चलचित्र हलमा पुगेका डा.भट्टराईले हलबाट निस्केपछि लेखेका छन्-‘चलचित्र हेरेपछि हिसिला र म दुवैलाई आँसु लुकाउन निकै गाह्रो भयो!’

चलचित्रले दिएको शन्देस र भावलाई डा.भट्टराईले अगाडी लेखेका छन्-‘नेपाली राजनीतिमा र विशेषतः निर्वाचनमा माथिदेखि तलसम्म र दलहरूदेखि जनस्तरसम्म झाॅगिदै गएको भ्रष्टाचार,छलकपट,धोकाधडि, किनवेच को कुसंस्कारसंग लड्न र निष्ठामा टिक्न कति कठीन छ त्यो बुझ्न सबैले यो फिल्म हेर्नैपर्छ।’

असत्य र अन्यायसंग सम्झौता गर्ने कि पलायन हुने कि मैदानमा डटेर सामना गर्ने भन्ने चाहिं आआफ्नो छनोटको विषय छॅदैछ भन्दै उनी भन्छन्-‘फिल्म यथार्थवादी साथसाथै रोचक र मनोरन्जक पनि छ! कलाकारहरूले आआफ्नो भूमिका राम्ररी निभाएका छन्!’

उनले यस्ता फिल्मलाई राज्यको तहबाट पनि हौसला दिन आवस्यक रहेको भन्दै लेखेका छन्-‘राज्यका विभिन्न तहले यस्ता फिल्मलाई करमुक्त गरेर जनस्तरसम्म पुर्याउन सके राम्रा फिल्मनिर्माताहरूलाई थप प्रोत्साहन मिल्नेछ!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय