
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
काठमाडौँ, ९ असोज । नेप्से परिसूचकमा मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ को बिन्दुमा कायम भएको हो ।


आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब नौ करोड ३८ लाख नौ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव नौ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ४४ प्रतिशतले बढेको छ ।
Comments

