समिट एयरले छाडेका मुगुका चिकित्सक लिन निगमको जहाज पठाइयो

फाइल तस्विर

काठमाडौं, ९ असोज । मुगुस्थित ताल्चा विमानस्थलमा समिट एयरको जहाजले छाडेका डाक्टरहरूलाई गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज पठाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका अनुसार ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूलाई गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको हो।

समिट एयरले पहिला टिकट बुकिङ गरेका डाक्टरको समूहलाई छाडेर माओवादीका नेताहरूलाई पहिले नेपालगन्जका लागि जहाजमा यात्रा गराएको थियो ।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय