एमाले बागमती अधिवेशनको बन्दसत्र आज हुँदै

काठमाडौं, ९ असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र गर्ने तयारी छ ।

यसअघि सोमबार काठमाडौंको भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । बन्द सत्रमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।

एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व सर्वसम्मतीबाट चयन हुने सम्भावना देखिएको छैन। अध्यक्ष पदमा दुईजनाभन्दा बढी आकाङ्‍क्षी रहेका छन् ।

वर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे फेरि दोहोरिने प्रयासमा छन् भने मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुङ्गेल, चितवनका कृष्णभक्त पोखरेललगायतको पनि दाबेदारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय