
आन्तरिक पर्यटन प्रवर्द्धनमा विजय सामुदायिक देशकै उत्कृष्ट
काठमाडौं, ७ असोज । नवलपुरको गैँडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदन स्कुल आन्तरिक पर्यटन प्रवद्धनका लागि देशकै उत्कृष्ट हुँदै सम्मानित भएको छ । विजय सामुदायिकमा गठित विजय नेसनल सस्टेनेबल टुरिज्म क्लबलाई उत्कृष्ट क्लबका रुपमा सम्मान गरिएको हो ।


नेपाल पर्यटन बोर्ड र यूएनडिपीको समन्वयमा टुरिजम रिसर्च एन्ड ट्रेडिङ ईन्स्टिच्युट (टिआरटिआई) र ग्लोबल ट्राभल एण्ड टुरिज्म पार्टनरसिप नेपालले आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलन २०२३ कार्यक्रमका बीच उक्त सम्मान प्रदान गरिएको हो ।

नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित टिआरटीआईले सञ्चालन गरेको पहिलो चरणको १०० विद्यालय लक्षित पर्यटन सचेतना कार्यक्रममा सहभागीता जनाउँदै देशभर गठन गरिएका नेशनल सस्टेनवल टुरिजम क्लब मध्ये विजय सामुदायिक शिक्षा सदन उत्कृष्ट भएको हो ।
कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका पुर्व सचिव केदारबहादुर अधिकारीले विद्यालयकी प्रधानाध्यापक रेखा श्रेष्ठलाई सम्मान पत्र र ट्रफी प्रदान गरी सम्मान गरेका थिए ।
विद्यालयको नेशनल सस्टेनेवल टुरिजम क्लबका संरक्षक समेत रहेकी श्रेष्ठले विद्यालयले पर्यटन प्रवद्धनमा गरेको योगदानको उचित मुल्याङ्कन गरेर सम्मानित गरेकोमा गौरवान्वित महसुस भएको प्रतिक्रिया दिइन् ।
२०५८ सालमा स्थापना भएको विजय सामुदायिक शिक्षा सदन विभिन्न कार्यक्रमहरुमा सक्रिय रहनुका साथै नवलपुरकै प्रतिस्ठित विद्यालयका रुपमा चिनिँदै आएको छ ।
Comments

