एसियाली खेलकुदका लागि चीन जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं, ७ असोज । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा सहभागी हुनका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

आइतबार विहान एक कार्यक्रमका बिच नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित पदाधिकारीहरूले बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । शनिबार मात्रै क्यानको नयाँ कार्यसमिति चयन भएको थियो ।

एसियाडमा नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एकसँग क्‍वाटरफाइनल खेल्न पाउने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय