
माडीको बैकुण्ठ तालमा डुबेर बैंकका कर्मचारीको मृ्त्यु
राससचितवन, ७ असोज । चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर एकजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए ।
दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।
Comments

