सन्दीप राष्ट्रिय टोलीसँगै चीन नजाने

काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने १९औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली टोलीसँगै चीन नजाने भएका छन् ।

आइतबार उनीविरुद्धको बलात्कार मुद्दाकाे पेशी तोकिएकाले उनी टोलीसँग नजाने भएका हुन् । नेपाली क्रिकेट टोली आइतबार दिउँसो १२ बजे चीनतर्फ प्रस्थान गर्दैछ । सन्दीप सम्भवतः सोमबार चीन जाने छन् ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्ने तालिका छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय