
सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।


अघिल्लो साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । कागजातहरु मगाउने आदेश भएपछि सुनुवाई हुन सकेको थिएन ।

अब भने यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेकाले अबको सुनुवाइले निरन्तरता पाएर मुद्दालाई टुंगोमा पुर्याउने सम्भावना छ ।
Comments

