क्यानको अध्यक्षमा चतुर सर्वसम्मत हुने निश्चित

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने लगभग निश्चित भएको छ । अध्यक्षमा उनको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मत निर्वाचित हुने देखिएकाे हाे ।
चन्दलाई अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले चुनौति दिन फारम नै भरिसकेको भएपनि उनी आफ्नो निर्णयबाट पछि हट्दै उनले मनोनयन दर्ता गरेनन् । उनले चन्दलाई नै समर्थन गर्ने भएका हुन् ।
मनाेनयनका लागि पाैने ११ बजेसम्मकाे समय दिइएको थियो जुन समय सकिइसकेको छ र अब चन्द नै क्यानको अध्यक्षमा सर्वसम्मत हुने लगभग निश्चित भएको हो ।

