
मुगु सदरमुकाम गमगढीमा आगलागी, ८ घर जलेर नष्ट
मुगु, ६ असोज । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए । स्थानीयका अनुसार ८ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति नभएपनि ठुलो आर्थिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
Comments

