
माओवादी केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री भट्टकाे निधन
काठमाडौं, ५ असोज । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनी काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए ।


२०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

त्यसपछि उनी नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् ।
डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।
Comments

