वृद्धा हत्याको आरोपमा दुईजना पक्राउ

गोरखा, ५ असोज । गोरखामा एक वृद्धाको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या आरोपमा दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ ।

गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय