प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली जाँदै

काठमाडौँ, ४ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आज भारतको नयाँ दिल्ली जाँदै छन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने १३ औं संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेका हुन् । सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुने छन् । भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न छन् ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय