गणेशमान स्मृति फुटसलको उपाधी वडा नम्बर ६ ले जित्यो

काठमाडौ,३असोज। बिर गणेसमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा आयोजित फुटसलको उपाधी काठमाडौ महानगरपालिका वडा नम्बर ६ को टीमले जितेको छ।
मंगलबार भएको खेलमा वडा नम्बर ६ ले उपाधी संगै नगद २ लाख २२ हजार २२२ र ट्रफी जितेको हो। प्रतियोगितामा काठमाडौ महानगरका २ टिम र अन्य नगरपालिकाको एक/एक टिम सहभागी थिए। प्रतियोगितामा कामनपाको तर्फबाट वडानम्बर-६ र वडा नम्बर-१२ को टिमले प्रतिनिधित्व गरेकोमा वडा नम्बर-६ बिजेता बनेको हो ।
खेलमा फाइनल प्रतिस्पर्धा हुँदा वडा नम्बर-६को टिमले कागेश्वरी मनोहरा नगरपालिकाको टिमलाइ २-० ले पराजित गरेको नेपाल तरुण दल इकाई सभापति एवं टिम मेनेजर पविन भट्टले जानकारी दिए।
नेपाल तरुण दल काठमाडौ महानगर समितिले आयोजना गरेको प्रतियोगितामा बिजेता टिमले २ लाख २२ हजार २२२ नगद र उपबिजेता कागेश्वरी मनोहराले एक लाख ११ हजार १११ नगद सहित ट्रफी पाएको हो। यसैगरी खेलमा सर्बोउत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्ताले जनही ११ हजार १११ नगद प्राप्त गरे।
खेलमा उत्कृष्ट गोल रक्षक कामनपा ६ को टिमबाट सन्तोष भण्डारी,उत्कृष्ट खेलाडी कागेश्वरी मनोहराका नवराज पौडेल र सर्बाधिक गोलकर्ता कामनपा-६ कै अखिलेश कार्की भए।
बिजेता र उपबिजेता सहित बिजयी टिम र खेलाडीलाई नेपाली कांग्रेसका नेता समेत रहेका गणेशमान पुत्र एवं गणेशमान फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले नगद र ट्रफी हस्तान्तरण गरे। बिजेता टिम सहित कामनपा वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामा,नेपाली कांग्रेस इकाई सभापति विवेक लामा लगायतले जितको खुशी मनाएका थिए।


