कोरिया पुगेका माओवादी नेता नेपाल फर्कन पाएनन् !

काठमाडौं, २ असोज । पार्टी कामको लागि दक्षिण कोरिया पुगेका एकजना माओवादी नेता देश फ़र्कन पाएका छैनन् । उनले कोरियाले फर्कन नदिएको स्वीकार गरेका छन् ।

दक्षिण कोरियामा पार्टीको कार्यक्रममा भाग लिन पुगेका सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं वाइसीएलका पुर्व अध्यक्ष रामप्रसाद सापकोटालाई कोरियाले नेपाल फर्कन नदिएको हो।

नेता सापकोटालाई कोरियामा बन्धक बनाइएको वा नजरबन्दमा राखिएको भन्ने हल्लाको भने उनी आफैंले खण्डन गरेका छन् । यद्यपि उनले आफुलाइ नजरबन्द नगरेपनी देश फर्कन भने नदिएको स्वीकार गरेका छन् ।

उनले आफू कोरियामा नजरबन्द वा गिरफ्तारीमा परेको भन्ने कुरा सत्य नभएको तर, कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले विगत एक वर्षदेखि सेवन गरिरहेको औषधी मगाएको कारण आफूले कोरिया जाँदा लगेको तर उक्त औषधीको प्रिस्क्रिप्सन नलिएकोले कोरियाको भन्सार विभागले सोधपुछ गरेको र नेपाली दूतावासले सबै आवश्यक डकुमेन्ट बुझाएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्:

नमस्कार !
म गत अगस्ट १० तारिखमा कोरियाको नेपालि जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहीम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिॅए ।

अन्जानबस डाक्टरको प्रिस्किप्सन म सॅग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ ।

भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होईन । नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनुहुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय