कपिलवस्तुमा छोराद्वारा बुबाको हत्या

कपिलवस्तु, २ असोज । कपिलवस्तुमा छोराले बुबाको ज्यान लिएका छन् । सोमबार राति वाणगंगा नगरपालिका- ८ पुलचोकमा २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा ज्यान गएको हो ।

काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।

प्रहरीले छोरा विकासलाई राति नै घरबाट पक्राउ गरी हिरासतमा राखेको छ । उनले मदिरा सेवन गरेर बुवामाथि काठ प्रहार गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय