नारायणीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको ज्यान गयो

गैँडाकोट, २ असोज । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । सोमबार दिउँसो नदीमा पौडी खेल्न गएका गैँडाकोटका दुई बालकको ज्यान गएको हो ।

गैँडाकोट नगरपालिका ७ गैह्री घर भएका १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई उद्दार गरी उपचारका लागि भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।

उनीहरु गैँडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरु हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय