तीनकुने हत्याका अभियुक्त सार्वजनिक, यसकारण भएको थियो हत्या

काठमाडौं, ३१ भदौ । नेपाल प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्याका अभियुक्त सार्वजनिक गरेको छ । प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियुक्त सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका भण्डारी बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति हुन् । उनले कागजमा लेखेर हत्या गरेको स्वीकार गरेका छन् । बयान सांकेतिक भाषा विज्ञको सहयोगमा लिइएको थियो ।

बयान अनुसार उनी १९ वर्षीय नविन राईको मात्र हत्या गर्न गएको तर अन्यले थाहा पाएर प्रहरीमा भनिदिने डरले अन्यलाई पनि मारेको बयान दिएका छन् ।

यस्तो छ हत्याको कारणः

केही समयअघि नवीन राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए र केही विवाद भएपछि राईले उनलाई कुटपिट पनि गरेको र त्यसकै बदला लिनलाई उनको हत्या गरेको भण्डारीले बयान दिए।

उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएको र सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरेपछि मिलमा अरू मान्छे पनि भएकाले तीन जनाको पनि हत्या गरेको देखिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय