सिराजको घातक बलिङसामू श्रीलंकाका ब्याटर निरीह, ५० रनमै अलआउट

काठमाडौं, ३१ भदौ । श्रीलंकामा जारी एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेलिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गरेको छ ।

श्रीलंका केवल ५० रनमा अलआउट भएको छ र भारतले उपाधिका लागि ५१ रनको सामान्य लक्ष्य पाएको छ । श्रीलंकाका कुशल मेन्डिस र दुशान हेमन्था बाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । भारतका मोहम्मद सिराजले घातक बलिङ गर्दै श्रीलंकाको ब्याटिङ ध्वस्त पारे । उनले दोस्रो ओभरमै चार विकेट हात पारेका थिए ।

श्रीलंकाले १ रनमा पहिलो विकेट गुमाउँदा ८ रनमा दोस्रो, तेस्रो र चौथो विकेट गुमाएको थियो । त्यसपछि १२ रनमा पाँचौं र छैँटौं विकेट गुमाएको श्रीलंका केही सम्हालिन प्रयास गरेको भएपनि ३३ रनमा सातौं, ४० रनमा आठौं र ५० रनमा अन्तिम दुई विकेट गुमाएर अलआउट हुन पुग्यो ।

सिराजले ७ ओभरमा २१ रन दिएर ६ विकेट लिए। हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...