गणेशमान सिंहको स्मृतिमा फुटसल हुने

कामनपाको प्रतिनिधित्व वडा नम्बर-६ र १२ ले गर्ने

काठमाडौ,३१ भदौ। बिर गणेसमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा काठमाडौ महानगर र अन्य १० वटा नगरपालिकाको वडा स्तरीय फुटसल टिम बिच एक दिवसीय फुटसल प्रतिस्पर्धा हुने भएको छ।
असोज २ आयोजना हुने उक्त प्रतियोगितामा कामनपाको तर्फबाट वडानम्बर-६ र वडा नम्बर-१२ को टिमले प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी प्रतियोगितामा जिल्लाका अन्य नगरपालिकाको एक/एक टिम र महाननगरको २ वटा टिमको सहभागिता रहनेछ। सोही प्रतियोगितामा प्रतिस्पर्धा गर्न महानगरका वडाहरु बिच प्रतिस्पर्धा हुँदा ६ र १२ नम्बर वडा छनोट भएका हुन् । शनिबारको खेलमा वडा नम्बर-६ ले ४ खेलमा सबैमा बिजेता बनेर छनोटमा परेको हो। शुरुमा वडा नम्बर ३० लाई ४-० ले पराजित गरेको वडा नम्बर-६ को टिमले त्यसपछि वडा नम्बर १२ लाई ४-१ ले र वडा नम्बर २९ लाई ६-० को फराकिलो अन्तरले पराजित गरेको तरुण दल इकाई सभापति एवं टिम मेनेजर पविन भट्टले जानकारी दिए।

त्यसैगरी खेलको अन्तिम प्रतिस्पर्धामा १२ लाई पुन: ४-० ले हरौदै च्याम्पियन बनेपछि वडा नम्बर-६ को अगाडीको यात्रा सुखद भएको हो। यो संगै अब वडा नम्बर-६ ले प्रतियोगितामा बलियो दाबेदारको रुपमा आफुलाइ उभ्याएको छ।

नेपाल तरुण दल काठमाडौ महानगर समितिले आयोजना गरेको प्रतियोगितामा बिजेताले २ लाख २२ हजार २२२ नगद र उपबिजेताले एक लाख ११ हजार १११ नगत सहित ट्रफी पाउने तरुण दल काठमाडौ-६ का सभापति पवीन भट्टले जानकारी दिए। खेलमा सर्बोउत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्ताले जनही ११ हजार १११ नगद पाउनेछ।

सवै पालीकाको खेलमा पहीलो हुने टिमको जिल्ला स्तरिय खेल असोज २ गते विहान १० बजे धुकु फुटसल बालुवाटारमा हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय