तीनकुने हत्या प्रकरणमा शंकास्पद थप एक जना पक्राउ

काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुने गैरीगाउँमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । यद्यपि उनको नाम भने सार्वजनिक गरिएको छैन ।

गएको शुक्रबार राति एक मिलमा एकै परिवारका तीनजनासहित ४ जनाको हत्या भएको थियो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय