विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने भएका छन् । सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको हो ।

वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

प्राधिकरणले त्यस दिन कार्यालय परिसरभित्र रहेको विश्‍वकर्मा मन्दिरमा पूजा गर्ने पनि जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय