पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मोरङ, ३० भदौ । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित एक माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पोखरीमा डुबेर घाइते भएको अवस्थामा फेला परेका उनीहरुलाई कोसी अस्पतालमा पुर्याइएको भएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।

