गणेशमान सिंहको स्मृतिमा फुटसल आयोजना हुँदै

काठमाडौ,३० भदौ। बिर गणेसमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा काठमाडौ महानगर र अन्य १० वटा नगरपालिकाको वडा स्तरीय फुटसल टिम बिच प्रतिस्पर्धा हुने भएको छ।
असोज २ देखि आयोजना हुने उक्त प्रतियोगितामा कामनपाको एक टिम र अन्य नगरपालिकाबाट एक/एक टिम गरि ११ टिमको सहभागिता रहनेछ।
सोही प्रतियोगितामा प्रतिस्पर्धा गर्न आज महानगरको वडाहरु बिच प्रतिस्पर्धा हुने भएको छ। नेपाल तरुण दल काठमाडौ महानगर समितिले आयोजना गरेको प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ३० को टिमबीच केहिबेरमा प्रतिस्पर्धा हुने तरुण दल काठमाडौ-३ का क्षेत्रीय उपसभापति एवं वडा नम्बर-६का सभापति पवीन भट्टले जानकारी दिए।
सवै पालीकाको खेलमा पहीलो हुने ११ टिमको जिल्ला स्तरिय खेल असोज २ गते विहान १० बजे धुकु फुटसल बालुवाटारमा हुनेछ।


