काठमाडौंको तिनकुने गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौं,३० भदौ। काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँ ओरालो नजिक एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरि गएराती हत्या भएको हो । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र हत्या गरेको अवस्थामा प्रहरीले आज विहान चार जनाको शव फेला पारेको हो ।
हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घट्ना कसले र किन घटायो भन्नेबारे थप विवरण आउँन बाँकी छ ।

