एकै महिनामा १ अर्ब २८ करोडको बिमा पोलिसी समर्पण

काठमाडौं, ३० भदौ । नेपाली जीवन बिमा कम्पनीहरुबाट आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा मात्रै ९ हजार जना भन्दा बढीले बीमा पोलिसी त्याग गर्दा १ अर्ब २८ करोड रुपैयाँ फिर्ता भएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार साउन महिनामा मात्रै ९ हजार ७९८ जनाले बिमा पोलिसी त्यागेका हुन् । उल्लेखित संख्याका बिमितले १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ फिर्ता लगेका छन् । बिमा बिज्ञहरुका अनुसार यो बीमा क्षेत्रको लागि राम्रो संकेत होइन ।

बीमा कम्पनीको बिचमा अस्वस्थ प्रतिष्पर्धा र अभिकर्ताको मनोमानीले ग्राहकले बीमा पोलिसी त्याग्ने अवस्था देखिएको हो । तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा राष्ट्रिय बीमा संस्थानको ८ सय ६२ जना बीमितहरुले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । त्यसैगरी नेशनल लाइफको २ सय ९१ जना बीमितहरुले ४ करोड ५५ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् भने सबैभन्दा धेरै नेपाल लाइफको ३ हजार ३२४ जनाले ४७ करोड २३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका २ हजार २४ जना बीमितहरुले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ४६८ जना बीमितहरुले ४ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७४४ जना बीमितहरुले ५ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका १३३ जना बीमितहरुले ९९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका १३ जना बीमितहरुले ११ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १६२ जना बीमितले ९० लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १७६ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ४०८ जना बीमितहरुले ७ करोड ७६ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका १८० जना बीमितहरुले १ करोड ५१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ९८८ जना बीमितहरुले १२ करोड २२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका २५ जना बीमितहरुले ३५ लाख लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...