गैँडाको आक्रमणबाट महिलाको ज्यान गयो

कञ्‍चनपुर, २९ भदौ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

शुक्रबार विहान च्याउ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी अन्दाजी ४० वर्षीया महिलालाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।

उनीसँगै गएका अन्य दुई जना महिलाले भने भागेर ज्यान जोगाएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...