सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि (तस्वीरहरु)
प्रतिक भट्ट
काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
बिहिबार दिउँसो राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिएको हो । नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो। उनको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अन्त्येष्टिमा विभिन्न दलका नेता कार्यकर्ता कलाकारहरु उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने आर्यघाटमा सर्वसाधारणको पनि बाक्लो उपस्थिति थियो ।
यही मङ्गलबार उनको हृदयघातका कारण निधन भएको थियो ।
तस्वीरहरुः












