नेम्वाङको अन्त्यष्टिका लागि पशुपतिमा थामी नसक्नु भिड

काठमाडौ,२८ भदौ।नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष एवं पुर्व सभामुख सुवास नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

बालुवाटारस्थित नेम्वाङको निवासबाट शुरु भएको शवयात्रा अन्त्येष्टिका लागि पशुपति आर्यघाट ल्याइपुर्‍याउदा बागमती किनारमा थामी नसक्नुको भिड थियो।
उनको शवयात्रालाई बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चावहिल- गौशाला हुँदै पशुपति आर्यघाट ल्याइएको हो। पशुपति आर्यघाटमा प्रधानमन्त्री सहित नेताहरूको बाक्लो उपस्थिति थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय