दिवङ्गत नेता नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौँ, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज गरिँदै छ । शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि हुन लागेको हो ।

शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला पुग्न एमालेले अनुरोध गरेको छ ।

शवयात्रा उनको निजी निवास बालुवाटारबाट सुरु भई शिक्षण अस्पताल हुँदै महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशालाबाट पशुपति आर्यघाटमा आएर सकिने छ ।

गएको मङ्गलबार उनको हृदयघातबाट निधन भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय