ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनित

काठमाडौं, २६ भदौ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनित भएका छन् ।
मनोनयनसँगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । संघको अध्यक्षमा दीपक श्रेष्ठ छन् ।

