राजकीय सम्मान सहित नेम्वाङको अन्त्येष्टि गरिने
सार्वजनिक बिदा पनि दिइने
काठमाडौं, २६ भदौ । सरकारले सुवास नेम्वाङको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको हो।
त्यस्तै नेम्वाङको अन्त्येष्टिका दिन (सम्भवत: बुधबार या बिहीबार) सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ ।

