सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो

सिन्धुपाल्चोक, २५ भदौ । सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो खसेको छ । स्थानीयबासीका अनुसार सोमबार विहान जुरेमा सुख्खा पहिरो खसेको हो ।
पहिरोबाट कुनै भौतिक तथा मानवीय क्षति भएकोबारे भने जानकारी आइसकेको छैन ।
२०७१ सालमा कयौँको ज्यान जानेगरी झरेको स्थानमै सुख्खा पहिरो झरेको हो।
पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो ।

