सानेपामा बीपी साहित्य महोत्सव शुरु,कांग्रेस सभापति देउवाले गरे उद्घाटन

काठमाडौ,२४ भदौ।नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा ‘बीपी साहित्य महोत्सव’ शुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रिय कार्यालय बीपी स्मृति भवनमा आयोजित महोत्सव र बीपी बाटिकामा विरुवा रोपेर उद्घाटन गरेको महोत्सव ३ दिन चल्नेछ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको महोत्सवमा बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।

दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।

यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।

कार्यक्रम तयारी समितिका संयोजकसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेले राजनीतिक दलभित्र मर्दै गएको वैचारिक शून्यतालाई जगाउन महोत्सवले टेवा पुर्‍याउने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...