बाँकेमा भयंकर दुर्घटना, चालकसहित सात जनाको मृत्यु

काठमाडौ,२३ भदौ।बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा भयंकर दुर्घटना भएको छ।
रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।
प्रहरीका अनुसार दाङबाट बर्दियातर्फ जादै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती ठोक्किएको थियो।
घाइतेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भैरहेको छ।

