६० केजी सुन प्रकरणमा २७ जना पक्राउ,मालिक अझै भेटिएनन्

काठमाडौ,२२ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

पछिल्लो पटक थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछी यो संख्या २७ पुगेको हो। पछिल्लो पटक पक्राउ पर्नेमा  बारा जिल्ला घर भएका शिव कुमार सराफ छन् ।

तर,सराफको भूमिकाबारे प्रहरीले अन्य केही बताएको छैन। हाल उनिमाथी अनुसन्धान भइरहेको छ ।राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म २७ जना पक्राउ परेपनी सुनको असली मालिक भने पक्राउ परेका छैनन्।

सुनको मुख्य कारोबारी मानिएका चिनियाँ मुलका बेल्जियमका नागरिक तथा नेपालको काभ्रेमा झुठो बिवरण पेश गरेर नागरिकता लिएका दावा छिरिङ समेत ब्यबस्थापक मात्रै भएको खुलेको छ। उनी काठमाडौ ठमेलमा रेस्टुरेन्ट संचालक समेत हुन् ।

राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । हालसम्म उनीहरुको संलग्नताको जिम्मेवारी र कुन तहका सुन कारोबारी हुन भन्ने बारे प्रहरीले केही बताएको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय