१० दिनदेखि बेपत्ता डा.कोइराला मृत भेटिए

 

काठमाडौ,२०भदौ।कोशी पुलमा गाडी राखेर बेपत्ता भएका भनिएका झापा दमकका डाक्टर  उज्ज्वल कोइरालाको शव भेटीएको छ।
उनी हराएको १० औं दिनमा उनको शव भेटिएको हो।जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र वडानम्बर-२ स्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।

डा.कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर १० दिन अघि वेपत्ता भएका थिए । प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भोलिपल्ट भेट्टाएको थियो ।
झापाको दमक-१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो । डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय