कोशी पुलमा गाडी छाडेर बेपत्ता भएका चिकित्सकको शव भेटियो

सुनसरी, २० भदौ । उदयपुरमा कोशी पुल छेउमा गाडी छाडेर बेपत्ता भएका झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।
उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

