एनआरएनले नेपाली नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं, २० भदौ । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ ।

एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो ।

यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गर्न बाँकी नै रहेकाले यसका व्यवस्थाबारे विस्तृतमा जानकारी हुन सकेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय