एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
एमाले लुम्बिनी अध्यक्षमा बिष्णु पौडेल निकटका कंडेल बिजयी

काठमाडौ २०भदौ। नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कडा प्रतिस्पर्धाका बीच राधाकृष्ण कंडेल विजयी भएका छन् ।
बुटवलमा हिजो भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार पाल्पाका कंडेलले प्युठानका हरि रिजाललाई जम्मा २ मतले पराजित गरेका हुन् ।बुधबार बिहान अन्तिम मत परिणाम सार्बजनिक हुँदा विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे।
एमाले लुम्बिनी अधिबेशनका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार अन्य सबै पदको मत परिणाम समेत आइसकेको छ । जसमध्ये पदाधिकारीमा एउटा उपसचिव बाहेक सबै कंडेल पक्षले जितेको छ। खुला उपसचिवमा भने रोल्पाका पुर्णबहादुर बुढामगरले जितेका छन् । उनी रिजाल प्यानलका हुन् ।
रोचक कुरा त के छ भने बिजयी भएका कंडेल एमाले उपाध्यक्ष बिष्णु पौडेल पक्षका हुन् । पराजित भएका रिजाल महासचिव शंकर पोखरेल पक्ष हुन् । रिजालको उम्मेदवारी नै खारेज गराउने गरि पौडेल पक्षले अनेक षड्यन्त्र गरेको थियो।
महासचिव पोखरेल चीन भ्रमणमा रहेको मौकामा पौडेल पक्ष हावी भएको एमाले जिल्ला नेताकार्यकर्ताको टिप्पणी छ।
निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी भए ।महिला उपसचिवमा लिला राना ३५२ मत सहित विजयी भएकी छिन्। सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भए। उनिहरु कंडेल पक्षका हुन् ।

