देशलाई भ्रष्टाचारमुक्त बनाउन अभिभावक तथा महिलाकाे भूमिका

दीपा थोकर

के हाे भ्रष्टाचार ?

सामान्यत: कुनै काम गरे बापत ओहदामा बसेर तलब लिनुबाहेक थप कुनै किसिमकाे आर्थिक लेनदेन, उपहार नगद वा जिन्सी तथा जुनसुकै लाभ उठाउने व्यवहार भ्रष्टाचारभित्र पर्दछ । अर्थात्, सार्वजनिक
वा व्यक्तिगत सेवावापत नियमत: सार्वजनिकरूपमा ताेकिएकाे पारिश्रमिककाे अलावा लिईने नगद, जिन्सी वा गरिने गलत आचरण आदि भ्रष्टाचारभित्रकाे परिभाषामा पर्दछ ।

कुनै काम गरिदिएपछि यसकाे साटाेमा गलत कार्य वा लाभ उठाउने सबै भ्रष्टाचार नै हुन् । याे कानूनत: अपराध मानिन्छ । यसकाे व्यापकता सरकारी, ग‌ैह्रसरकारी सेवाहरू शहरदेखि गाउँसम्म फैलिएकाे छ । यस्ताे गलत भ्रष्टाचारले देशकाे अर्थतन्त्रमा धक्का पुग्छ अपितु मानिस गलत आचरणमा पर्छ जसकाे खराब असर नवयुवा वर्गमा पर्छ ।

मनुष्यकाे पहिलाे पाठशाला घर र पछि विद्यालयहरू हुने भएकाले यदि परिवारमा मिहिनेत गर्ने, सच्चरित्रता, कमाएकाे जतिमा सन्ताेष गर्ने, सीप बढाएर महंगीलाई थेग्ने गुण जस्ता आदि कुराले भ्रष्टाचार राेक्नमा सार्थक तत्व सावित हुनेछ भन्ने यस लेखकाे मुख्य आशय हाे ।

नेपालमा यसकाे स्वरूप

नेपालमा भ्रष्टाचार एउटा महामारीकाे रूपमा फैलिएकाे विश्लेषण गरिंदैछ । याे देशकाे कुन सरकारी/गैह्रसरकारी अड्डामा छ भन्नुभन्दा कुन ठाउँमा छैन जस्ताे भैसकेकाे छ । कार्यालयहरूमा नगद, जिन्सि वा उपहार आदि घूस/रिश्वत (Bribery) माग्नु वा शारीरिक शाेषण गर्नु सबै भ्रष्टाचारजन्य गलत कर्म हुन् ।

यसका अतिरिक्त सरकारी विद्यालय/क्याम्पसमा कार्यरत्त समयमा नपढाएर हाजीरि घसेर अन्यत्र सरकारी अनुमति विना काम गरेर तलबपनि लिनु भ्रष्टाचार नै हाे जसरी कि काेहि डाक्टरले सरकारी अस्पतालमा आधि-अधूरा काम सेवा विरामीलाई दिएर बाँकी नीजि क्लिनिकबाट गलत ढंगले दिन्छन् वा काेहि ईञ्जिनियरले नीजि कन्सल्टेन्सीबाट उहि आफू कार्यरत्त समयमा नै छलेर सेवा दिन्छ वा भनाैं चाहिनेभन्दा बढी मूल्यकाे लागत बनाउँछ र निकासा गरी बढ रकम एक्लै वा समूहमा खान्छ ।

यसरी भ्रष्टाचार नेपालमा वडा कार्यालयदेखि मन्त्रालयसम्म, सरकारीदेखि गैह्रसरकारी र नीजि कार्यालयसम्म, आर्थिक अपचलनदेखि अनैतिक चरीत्रहीन कार्यसम्म फैलिएकाे छ । सरकारी कार्यालयमा भन्सार, भूमी सुधार, वैदेशिक राेजगार, एयरपाेर्ट, अस्पताल, अदालत, लाईसेन्स लिने ठाऊं, विदेशमा पढ्न जान लिने स्वीकृति पत्र (No Objection Letter), जागिर प्रवेश गर्न, गलत कार्य गर्न र गराउनलाई अनि स्कुल, कलेज, गैह्रसरकारी संस्था जहाँपनि यदि भ्रष्टाचार गर्ने गलत मानसिकताकाे मानिस पदासीन छ भने ऊ जसरीपनि भ्रष्टाचारकाे खेतिपाती गर्छ ।

नेपालमा यस भ्रष्टाचारकाे विकराल अवस्थाले सरकारी काेष लड्खडाएकाे अवस्थामा छ भने आमजनताले महंगीकाे मार खप्नसक्ने अवस्थामा छैनन् । सरकारका कर्मचारी तथा जनसेवक प्रतिनिधिहरू एकपछि अर्काे गरि दिनहुँ नयाँ काण्डमा मुछिंदै गएका छन् र आम जनता जाे खासगरी कम बुझ्छन्, उ राजनीतिक प्रणालीलाई गलतरूपले दाेष दिन्छन् ।

भ्रष्टाचारले गर्दा नेपाल आजकाे दिनमा आर्थिक गतिविधि नियामक निकाय फाईनान्सियल एक्शन टास्क फाेर्स (Financial Action Task Force, FATF) काे नजरमा ग्रे कलरकाे सूचीमा पर्न जाने थियाे यदि संयुक्त राष्ट्र संघमा विशेषाधिकार (Veto) पावर भएका देशहरूले मद्दत गरेर नराेकिदिएकाे भए ! तर यसपालीकाे याे दुर्घट्नाले नेपाललाई ग्रे लिस्टमा पर्नबाट जाेगिएर विदेशी ऋणहरू लिन सुचारू भएपनि नेपालका नेता, कर्मचारी र आमजनता यदि संस्कारित छाैं हामी भने हाम्राे ईज्जत नाक काटेर फाले सरह विश्वमा हामी नेपालीबारे भैसक्याे ।

कसरी राेकथाम गर्ने / बच्ने ?

नेपालमा भ्रष्टाचार राेक्नलाई नियन्त्रण गर्ने आधिकारीक निकाय काठमाडाैंकाे टंगालस्थित अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग र यसका देशैभरी रहेका जिल्ला शाखा कार्यालयहरू नै छन् । यहाँ काेहि नाम राखेर वा नाम नराखेर बेनामी सप्रमाणसहित गाेप्य रूपमा अनलाईन वा लिखित निवेदन/उजूरी दिने व्यवस्था छ ।

२०४६ सालकाे प्रजातन्त्र पुनर्स्थापनापछि यस “अख्तियार अनुसन्धान” कार्यालयकाे स्थापना नेता, कर्मचारी, सेवाग्राहीलाई आर्थिक अनुशासनमा रहेर कर्तव्यपरायण बनाउनलाई र सूचनाकाे अधिकत्तम सदुपयाेग नागरिकबाट हाेस् भन्ने हेतुले नै भएकाे हाे भने याे अख्तियार कार्यालयले कसैमाथि अभियुक्त बनाई दायर गरेकाे मुद्दाकाे पहिलाे चरणकाे तीव्र सुनुवाई पूर्वराजा ज्ञानेन्द्र शाहकाे पालामा २०५९ सालमा नीजि तथा दलका नेतालाई फँसाउने लाभले गरिएपनि आजकाे संघीय लाेकतान्त्रिक गणतन्त्रमा सूचनामा जनताकाे व्यापक पहुँचले गर्दा अख्तियारकाे कामकार्वाहीमा व्यापक सुधार भएकाे छ भने यसकाे मुद्दा हेर्ने काठमाडाैंकाे बबरमहलस्थित विशेष अदालतपनि पहिलाकाे आलाेच्नाबाट माथि उठेर मुद्दाहरू हेरिरहेकाे छ । तर भ्रष्टाचार प्रमाणित वा मुक्तिदिने अन्तिम अड्डा भनेकाे सर्वाेच्च अदालत नै हाे । तर अख्तियारदेखि सरकारी वकिल कार्यालय हुँदै विशेष वा सर्वाेच्च अदालतसम्म कुनै भ्रष्टाचारजन्य मुद्दा लाने निकाय भनेकाे नेपाल प्रहरीले नै हाे ।

तसर्थ, नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (Central Investigation Bureau, C.I.B.) मा पनि काेहि भ्रष्टाचारकाे व्यहाेरा छानबिनबारे अख्तियार अनुसन्धानकाे सँगै विकल्पमा सीआईबीमा पनि एकैचाेटी जान मिल्छ तर त्यहाँ नाम भने दिनुपर्छ सायद । जहाँ हिजाेआज अख्तियारमा केही आयुक्त/हाकीमबाट आफ्ना मान्छेलाई जाेगाउन गलत प्रयत्नहरूकाे शिकायत सेवाग्राहीकाे मुखबाट सुनिन्छ, त्यहाँ सीआईबी एऊटा विकल्पकाे रूपमा उभरेकाे छ । भ्रष्टाचार सम्बन्धी प्रतिवेदन अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग तथा वित्तिय अनुशासनकाे परिपालना बारे वार्षिक प्रतिवेदन महालेखा परिक्षककाे कार्यालयले आ-आफ्ना वार्षिक दिवशमा सम्मानिय राष्ट्रपतिलाई बुझाएर सार्वजनिक गर्छन् ।

नेपाल सरकारले रेडियाे, टिभिलगायत आमसञ्चार (Mass media) बाट पनि विभिन्न कार्यक्रम, विज्ञापनमार्फत् जनतालाई सुसूचितगरी भ्रष्टाचार निवारणमा सहयाेग गरिरहेकाे छ जसमा महिला, पुरूष विभिन्न पात्रहरू संलग्न हुन्छन् । अर्थात्, भ्रष्टाचार गर्नेमा बढी तुलनात्मक संख्या नेपालमा पुरूषकाे भएपनि पछिल्ला दिनमा थाेरै तर खत्तरनाक भ्रष्ट आचरणमा महिला जनप्रतिनिधि, कर्मचारीकाे पनि नाम आईरहेकाेमा अब देशलाई बनाउन महिला-पुरूष सबैले काँधमा मिलाएर जानुकाे विकल्प छैन । अझ माेफसलमा गाऊंघरतिर त भ्रष्टाचारबाट परिवारका सदस्यकाे विहावारी र मनाेदशामाथि पर्ने असर देखाउन सडकनाटक (Road play) अझ कारगर सावित हुनेछ । उता सरकारले स्कुल, कलेजका पाठ्यपुस्तकहरूमा राख्ने कुराे भैहाल्याे ।

अन्तर्देशीय भ्रष्टाचारकाे निगरानी गर्ने संस्थामा ट्रान्स्पैरेन्सी ईन्टरनेश्नल (Transparency International) जस्ता संस्था विभिन्न माणकमा नापेर वर्षेणि आफ्नाे केन्द्रीय कार्यालयलाई विभिन्न देशबाट प्रतिवेदन दिई एकैचाेटी प्रतिवेदन सार्वजनीक गर्दछ ।

संक्षेपमा

भ्रष्टाचार हटाउन जनतामा जागरूकता, जिम्मेवार नागरिककाे कर्तव्य निर्वाह गर्ने कुरा, सूचनाकाे हक सरकारी निकायबाट माँगेर पारदर्शिता अपनाउने, सेवामा आलटाल गर्ने सम्बन्धित कर्मचारी वा मान्छेकाे बदनियत बुझेर सतर्क हुँदै नियमसंगत कानूनी अड्डा वा निकास खाेज्ने, उसका हाकीम वा भ्रष्टाचार निगरानी गर्ने निकायलाई जानकारी गराउने आदि कार्यहरू जनताबाट नै हुनु जरूरी देखिन्छ ।

तर यी कार्यहरू प्रथमत: घर-परिवारमा यदि आमाबुवाले नै बच्चामा उच्च संस्कार दिए भने त्याे बच्चा अन्य बच्चाकाे कुसंस्कारमा परेर सानैदेखि चुराेट, सूर्ती, बियर आदि नखाई ईमान्दारीपूर्वक घरबाट ठिक समयमा स्कुल, कलेज सकाएर घर फर्किने र एक दिन सदाचार र याेग्य नागरिक बन्ने हाे । अर्थात्, भ्रष्टाचारलाई यदि हामीले हटाउने हाे भने आमा र बाबालाई सदाचार बन्नु पहिलाे शर्त हाे भने दाेस्राेमा बच्चाले पाउने असल शिक्षा हाे ।

भनिन्छ, मान्छेमा कुनै राम्राे वा खराब गुणकाे प्रभाव जन्मजात आमाबुवाबाट सरेकाे जेनेटिक गुण वा नेचर (Genetic trait/Nature) अथवा संगत (नर्चर Nurture) ले पर्छ । महिलाले श्रीमती, आमा, छाेरीकाे रूपमा अस्वभाविक तथा अनैतिक कमाई पुरूषबाट घरमा आउँदा त्यसकाे स्राेतबारे साेधखाेज गर्ने र अवैधानिक भए सच्चिनलाई दबाव दिनाले भ्रष्टाचार निवारणमा टेवा पुग्नेछ ।

तसर्थ, आफूमा पारिवारीक राम्राे संस्कारकाे संगै सदाचारीकाे संगतले पनि राम्राे बनाईरहन्छ । यसपछि कमाई, वस्तु किन्ने शाैक (Hobby), असम्भव तृष्णा (Ghostly desire) आदिलाई त्यागेर संताेष गर्न हामीले सिक्याैं भने यहि सन्तुष्टि (Self-satisfaction) ले हाम्राे मनकाे असीमित चाहनाहरूलाई नियन्त्रणमा राख्नेछ ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...