नेप्सेमा २९ अंककाे गिरावट, काराेबार भने बढ्याे

काठमाडाैं, १७ भदाै । साताको पहिलो दिन आइतबार सेयरबजार २९.८१ अंकले घटेको छ। नेप्से २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा झरेको हो । नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार भने बढेको छ।
आइतबार नेप्सेमा १ अर्ब १८ करोडको कारोबार भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा १ अर्ब १० करोडको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

