दोषीमाथि कानुन अनुसार कारबाही हुन्छ-खतिवडा

काठमाडौं,१७भदौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणमा तेरोमेरो नभनी दोषीमाथि कानुन अनुसार कारबाही हुने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गत राज्य ब्यबस्था तथा सुशासन समिती सभापतिमा निर्वाचित भएपछि आफ्नो गृह जिल्ला ओखलढुंगा पुगेर खतिवडाले यस्तो बताएका हुन् ।खतिवडाले ओखलढुङ्गाको सिद्दिचरण नगरपलिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भ्रस्टाचारलाई अपराधको रुपमा हेरिरहेको र यो अपराधको अन्त्य गरिछाड्ने समेत बताए।
कोशी प्रदेशको समस्या छिट्टै समाधान हुने भन्दै उनले कसैले चाहदैमा कोशी मध्यावधिमा नजानेसमेत बताए । उनले कोशी प्रदेश सरकारविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका एकर्काको अधिकारलाई कुल्चेर जान नमिल्ने बताए ।
हजारौं मान्छेको सहादातपछि प्राप्त भएको अधिकारको प्रयोग गरी बनेको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको समेत बताए । तत्कालीन नेकपाको सरकारले राजनीति स्थिररता, शुसान र देशको समृद्धिको पक्षमा काम गर्ने ठूलो अवसर पाएको भएपनि देश र जनताको पक्षमा केही गर्न नसकेको उनको टिप्पणी छ ।

