जुम्लामा जीप दुर्घटनाहुँदा २ जनाको मृत्यु

काठमाडौ,१७ भदौ।जुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान भने हुन सकिरहेको छैन । भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय