१३ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

रुकुम, १६ भदाै । रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिवी बोहरा छन्।

उनलाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो । बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

सोही उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय