एकैपटक ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवा

४८ एसपी र १२० डिएसपी को कहाँ ?

काठमाडौ,१६ भदौ।प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो। सरुवासँगै एसपी इन्चार्ज रहने १४ जिल्लाका प्रमुख फेरिएका छन्।

पश्चिम नवलपरासीमा काजीकुमार आचार्य, पूर्वी नवलपरासीमा नरहरी रेग्मी, सप्तरीमा गजुसिद्धि बज्राचार्य, कपिलवस्तुमा नवरत्न पौडेल र सुससरीमा विपिन रेग्मी सरुवा भएका छन्।

यस्तै भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्रकुमार श्रेष्ठ, कास्कीमा मोहनकुमार थापा, उदयपुरमा रमेश थापा, दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडाले जिम्मेवारी पाएका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत सञ्जजयसिंह थापालाई नुवानकोट, मकवानपुरमा सीताराम रिजाल, बारामा सुरेश कुमार काफ्ले सरुवा भएका छन्। बारामा कार्यरत होबिन्द्र बोगटीलाई सीआईबीमा सरुवा गरिएको छ।

यसैगरी नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पनि एकसाथ सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निर्णयानुसार एकैचोटि १२० डीएसपीको सरुवा भएको हो।

जसअनुसार प्रहरी वृत्त (महाराजगन्ज) डीएसपी अंगुर जीसीलाई काठमाडौं अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको छ भने यसमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत डीएसपी अमरबहादुर थापालाई ल्याइएको छ। 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय